त्रिशुली नदीमा शव फेला, सनाखतको लागि प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २१

तनहुँको देवघाट गाउँपालिका ५ र चितवनको भरतपुर महानगरपालिकाको जुगेडी जोड्ने झोलुङ्गे पुल मुनी त्रिशुली नदीको किनारमा तनहुँ तर्फको भागमा एक अपरिचित व्यक्तिको शव भेटिएको छ ।

विहिबार विहान ६ बजे नदीमा माछा मार्न गएका व्यक्तिहरुले नदी किनारमा उक्त शव देखी इलाका प्रहरी कार्यालय देवघाटमा खबर गरेका थिए ।

उक्त शव अहिले इलाका प्रहरी कार्यालयमा राखिएको र प्रक्रिया पुरा गरेर भरतपुर अस्पतालको शवगृहमा लैजाने इप्रका देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाले बताए । गहुगोरो वर्णको, टाउकोको अगाडी भाग तालुमा कपाल नभएको, नीलो जाकेट र कालो ट्रयाक लगाएको व्यक्ति मृत अवस्थामा भेटिएको हुँदा सनाखतको लागि आउनुहुन इप्रका देवघाटले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले