भुकम्प पीडितलाई देवघाटबाट ७ लाख ४६ हजार सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २१

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भुकम्पका पीडितहरुलाई देवघाट गाउँपालिकाबाट ७ लाख ४६ हजार रुपैयाँ सहयोग उपलब्ध गराईएको छ । उक्त रकम विहिबार उक्त सहयोग रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

भुकम्प पीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट ५ लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट १ लाख ३७ हजार १०१ र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न संघ संस्थाबाट संकलन गरिएको १ लाख ९ हजार ७८० रुपैयाँ गरि जम्मा ७ लाख ४६ हजार ८८१ रुपैयाँ विहिबार प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरिएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

देवघाट गाउँपालिकाको विपद व्यवस्थापन समितिले गत कार्तिक २० गते भुकम्प पीडितको सहयोगकोलागि पाँच लाख रुपैयाँ सहयोग गर्ने र थप आर्थिक सहयोग संकलनकोलागि वडा नम्बर २ का अध्यक्ष मिनबहादुर रानाको अध्यक्षतामा राहत संकलन समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो