देवघाटका जनप्रतिनिधिलाई सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २१

देवघाट गाउँपालिकाका जनप्रतिनिधिलाई सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण दिईएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार सम्बन्धि उत्पन्न हुने समस्याको बारेमा जनप्रतिनिनिधिलाई जानकारी गराउने र सुझाव लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा देवघाट गाउँपालिकाका ५ वटै वडाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र र सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम संयोजक लुना मगरले वैदेशिक रोजगार सम्बन्धि कानुनी सचेतना तथा तनहुँ जिल्ला अन्तर्गत सामी कार्यक्रम सन्चालन भएका पालिका मा बसोबास गर्ने वैदेशिक रोजगारमा गयेका व्यक्ति र परिवार का समस्या र त्यसका उपाय हरुका बारेमा सहजिकरण गरेका थिए ।

सो कार्यक्रममा मन्तव्य राख्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउनु पर्ने र कुनै पनि नागरिकले बैदेशिक रोजगारीको क्रममा दुख पाउन नहुने बताए ।
कार्यक्रममा उपाध्यक्ष भुवन सिंह गुरूङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल, कार्यक्रम अधिकृत कृष्णराज पन्थ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को