महिला उद्यमीको घरदैलोमा पुग्दै चक्रवर्ती महिला सहकारी

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २१

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहकारीका उद्यमी महिला शेयर सदस्यहरुको घर÷घरमा गई उनीहरूको व्यवसायको बारेमा जानकारी लिएका छन् ।

सहकारी संस्थाबाट कर्जा लिएर विभिन्न उद्यम गरेका शेयर सदस्यहरुको उद्यम तथा व्यवसायको अवस्था तथा महिला उद्यमीहरुको समस्याको बारेमा जानकारी लिन घर दैलो अभियान गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् ।

घर दैलो अभियानको क्रममा सहकारीको कर्जाको सदुपयोगको अवस्था अनुमगन तथा कर्जाको सममै सावा र व्याज भुक्तानीको लागि पनि अनुरोध गरिएको ओझाले बताइन् ।

संस्थाको सञ्चालक समिति तथा ऋण उप समितीका सदस्यहरु एवं कर्मचारीहरुले संस्थाका उद्यमी शेयर सदस्यहरुसँग घरदैलो कार्यक्रम (भेटघाट ) गरिएको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहकारीकी अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को