एमाले बाहेक अरुले विकासको नेतृत्व गर्न नसक्ने: अध्यक्ष ओली

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सरकारले एक बर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गरेका छन् ।

एमालेको मध्यपहाडी यात्रा अन्र्तगत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको बताए ।

उनले भने, एमालेको सरकार बन्नुअघि बर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो। अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

उनले एमाले बाहेक अरुले सुरु गरेको काम गर्न नसक्ने उनको भनाइ छ । राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।

सो कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण