देवघाटमा वडा स्तरबाट योजना सम्झौता र अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २४

देवघाट गाउँपालिकाले वडा स्तरबाट योजनाहरुको सम्झौता र योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको छ । गाउँपालिकाका पाँच वटै वडामा गई योजना सम्झौता गरि उपभोक्ता समितिलाई योजना कार्यान्वयनकोलागि अभिमुखीकरण तालिम दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । उक्त कार्यक्रम आइतबार वडा नम्बर ४ बाट सुरु गरियो ।

चालु आर्थिक वर्ष ०८०÷८१ मा विभिन्न वडामा कार्यान्वयन हुने योजनाको सम्झौता तथा योजना सन्चालन सम्बन्धमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम तथा अन्तरक्रिया समेत गर्नको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सम्बन्धित शाखाका कर्मचारीहरु समेतको सहभागितामा कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

आइतबार वडा नम्बर ४ मा आयोजित योजना सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, कार्यक्रम अधिकृत कृष्णराज पन्थ, स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, ईन्जिनियर तिर्थ ढुंगाना, ईन्जिनियर श्याम सुवेदी लगायतको विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा आउँदा योजना सम्झौताको लागि उपभोक्ता भेला, समिति गठन, वडाको सम्बन्धीत प्राविधिकबाट इष्टमेट तयारी, उपभोक्ता समितिले बेहोर्नु पर्ने तोकिए बमोजिमको लागत सहभागिता लगायतका सबै प्रक्रिया पुरा गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन