नयाँ प्रधानाध्यापक नियुक्ती र निमित्त प्रअ तोक्न म्याग्दे गाउँपालिकाको रोक

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

म्याग्दे गाउँपालिकाले तत्कालकोलागि सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्ती गर्न तथा निमित्त प्रधानाध्यापक तोक्न रोक लगाएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुचना प्रकाशन गरि हाललाई नयाँ प्रधानाध्यापक नियुक्ती गर्न तथा निमित्त प्रधानाध्यापक तोक्ने कार्य नगर्न तथा नगराउन अनुरोध गरेका छन् ।

म्याग्दे गाउँपालिकाले स्थानीय शिक्षा ऐन निर्माण गरिसकेको र सोही ऐन बमोजिम गाउँपालिकाबाट शिक्षा नियमावली निर्माण गर्ने कार्यक्रम रहेकोले सो नियमावली स्विकृत भएपछि गाउँपालिकाबाट जारी भएको पत्र पश्चात मात्र प्रधानाध्यापक नियुक्ती गर्ने कार्य हुने हुँदा हाललाई नयाँ प्रधानाध्यापक नियुक्ती गर्न तथा निमित्त प्रधानाध्यापक तोक्ने कार्य नगर्न तथा नगराउन सबै सामुदायिक विद्यालयमा सुचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक