व्यास ५ मा सामाजिक लेखा परिक्षण सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

महिला शक्ति विकास केन्द्र नेपालद्वारा व्यास नपा–५ मा सन्चालित ‘ग्रामिण महिला नेतृत्व विकास कार्यक्रम’ को बुधबार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा व्यास नपा–५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले ग्रामिण महिलाहरुको नेतृत्व विकास, क्षमता विकास, आर्यआर्जन तथा बक्तृत्वकला क्षमता विकासमा यस परियोजनाले ठुलो योगदान दिएको बताए । वडा अध्यक्ष श्रेष्ठले आत्मनिर्भर बन्न व्यवसायीक कृषिमा लाग्नु पर्ने बताए । वडा अध्यक्ष श्रेष्ठले परियोजना सन्चालनको लागि वडाको तर्फबाट आवश्यक सहयोग उपलबध गराउने बताए ।

सो कार्यक्रममा गैसस महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले संस्थाबाट सन्चालित परियोजनाको सामाजिक लेखा परिक्षण गर्दै गैरसरकारी संस्थाहरुले परियोजना सन्चालन गर्दा जनताको जिवनस्तरमा सुधार आउने खालको हुनु पर्ने बताए ।

महिला शक्ति विकास केन्द्र तनहुँकी संयोजक लिलामाया गौलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य सुन्दर वाग्ले, परियोजनाकी कोर लिडर गममाया राना जुनियर कोर लिगर केशमाया थापा लगायतले मन्तव्य राखेका थिए । उक्त परियोजना २०७५ सालदेखी उक्त वडामा सन्चालन हुँदै आएको थियो ।

सो कार्यक्रममा वडा सदस्यहरु, वडाका कृषि, पशु तथा स्वास्थ्यका प्राविधिकहरु तथा गाउँ महिला समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता