गृहमन्त्रीसँग प्रधानमन्त्री दाहालले लिए बालकुमारी घटनाबारे जानकारी

शेयर गरौ

 

काठमाडौं ।  कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागि गराउन शुक्रबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घट्नाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी लिएका छन् ।

आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले शुक्रबार भएको घटनाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको ब्रिफिङ कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका डिआईजी बसन्त कुंवर, सशस्त्रका डिआईजी राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थित थिए ।

गृहमन्त्री श्रेष्ठले बालकुमारीमा भएको घटनाबारे छनविन गर्न छानविन समिति गठन गरिएको जानकारी दिएका थिए ।

उक्त घटनामा  घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो भने दजनौं घाइते भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो