राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

शेयर गरौ

काठमाडौं, पुस २१-

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४-४ सिटमा दाबी गरेका हुन् ।

‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने काम भयो, अब दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्छ’, स्रोतले भन्यो, ‘आजै, नभए भोलिसम्म कुरा मिल्न सक्छ ।’ ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र