देवघाटका अपाङ्गता भएका व्यक्तिद्वारा अधिकार कार्यान्वयन माग

Devghat Online

शेयर गरौ

देवघाट, पुस २५

देवघाट गाउँपालिकाको अपाङ्गता सरोकार समितिका अध्यक्ष कुमार पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्यनको माग गरेका छन् । मंगलबार आयोजित गाउँपालिकाको १३ औं गाउँसभा अघि पाण्डेले गाउँसभाले अपाङ्गता भएका व्यक्तिहरुको हितमा कार्यक्रम ल्याउन माग गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि विनियोजित कार्यक्रम पनि वडा कार्यालयको असहयोगको कारण कार्यान्वयन नभएको भन्दै पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र उनीहरुको क्षेत्रमा गाउँपालिकाले पारित गरेको कार्यक्रमहरु सबै कार्यान्वयन गर्नु पर्ने बताए ।

गाउँपालिकामा अपाङ्गता सरोकार समिति गठन गरिएपनि त्यसपछि कुनै समन्वय र सहकार्य पनि नभएको पाण्डेले बताए । अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै शारीरिक अपाङ्गता भएका पाण्डेले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको सेवा सुविधा र अवसर उपलब्ध गराउनु पर्ने बताए ।

पाण्डेका अनुसार देवघाट गाउँपालिकामा ३०३ जना अपाङ्गता भएका व्यक्ति छन् । त्यसमध्ये क र खका १२६ जना र ग र घ का १७७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । वडा कार्यालयले अपाङ्गता सम्बन्धि कुनै कार्यक्रम पनि नगर्दा गत आर्थिक वर्षमा सबै बजेट फ्रिज भएर गएको पाण्डेले जानकारी दिए ।

वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले चालु आर्थिक वर्षमा अपाङ्गता सम्बन्धी कार्यक्रम समन्वय गरेर सम्पन्न गर्ने प्रतिबद्धता जनाए । गत बर्ष बजेट फ्रिज भएर जानु दुखद भएको भन्दै उहाँले यसवर्ष त्यस्तो हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल