नारायणगढ–बुटवल सडक निर्माण ढिलाइबारे रवि लामिछाने र चिनियाँ राजदूतबिच छलफल

शेयर गरौ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा लामिछानेले (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको रास्वपाले जनाएको छ ।

‘निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चलिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो’, कुराकानीबारे रास्वपाले जानकारी दिएको छ ।  रास्वपाका अनुसार आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन् ।

रास्वपाले केही दिन पहिले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवलमा ३ दिने दबाब यात्रा सम्पन्न गरेको थियो ।

भेटघाटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ