दलित अधिकारकर्मी सुवर्णकारको निधन

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

व्यास नपा-२ निवासी दलित अधिकारकर्मी रामलिला सुवर्णकारको निधन भएको छ । सुर्वणकारको बुधबार राती आफ्नै निवासमा निधन भएको हो ।

सुवर्णकार जातिय मुक्ति आन्दोलनका नेता समेत हुन् । जातिय विभेद विरुद्धको आन्दोलनमा सुवर्णकारको महत्त्वपूर्ण योगदान रहेको छ । गैरसरकारी संस्था महासंघ तनहुँका पुर्व अध्यक्ष समेत रहेका उनी संयुक्त दलित उत्थान मन्च तनहुँका अध्यक्ष हुन् ।

उनी विभिन्न संघ संस्थामा आबद्द रहेका थिए । उनी दलित वर्ग उत्थान जिल्ला समन्वय समिति तनहुँका पुर्व उपाध्यक्ष    आदिकवि भानुभक्त क्याम्पसका पुर्व सन्चालक समितिका सदस्य तथा मानवअधिकार निगरानी समूह तनहुँका पुर्व अध्यक्ष समेत हुन् । उनी निबृत्त शिक्षक हुन् ।

नेकपा एमाले तनहुँका पुर्व जिल्ला कमिटी सदस्य सुवर्णकारको पार्थिव शरिरमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार एकबहादुर राना र एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सुवर्णकारलाई अन्तिम श्रद्धाञ्जली दिन उनको निवास र सेतीमादी घाटमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । सुवर्णकारको दमौली स्थित सेतीमादी घाटमा विहिबार बिहान अन्तिम संस्कार गरियो ।

दिवंगत सुवर्णकारका पत्नि, १ छोरा र १ छोरी छन् । उनका छोरा मनोज सु्वर्णकार सुनचाँदी व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय