सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन

शेयर गरौ

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो।

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट संघले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध