बन्दिपुरमा स्वास्थ्य तथा भौतिक विकासको लागि पहल गर्ने राष्ट्रपति पौडेलको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस २७

राष्ट्रपति रामचन्द्र पौडेलले बन्दिपुर गाउँपालिकाकामा स्वास्थ्य तथा भौतिक पुर्वाधार विकासको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतको टोलीसँग शुक्रबार राष्ट्रपतिको कार्यालय सितल निवासमा भेट गरि राष्ट्रपति पौडेलले बन्दिपुर अस्पतालमा आँङ खस्ने रोगको उपचार केन्द्र र चेस्ट सेन्टर स्थापनार्थ बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

साथै राष्ट्रपति पौडेलले समग्र बन्दिपुरको विकासका लागि पनि सरकारसँग समन्वय गरि बजेट बिनियोजन गराउने बताए । राष्ट्रपति पौडेलले बन्दिपुर-झारगाउँ-धरमपानी सडक योजना कालोपत्रे गर्ने, बन्दिपुर-रिङरोड सडक योजना कालोपत्रे तथा धरमपानी-ग्याजाटार झोलुङ्गेपुल निर्माणको लागि आवश्यक बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाएका थिए ।

सो भेटमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापा, नेपाली कांग्रेसका नेता रेशम गुरुङ, बन्दिपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रवि श्रेष्ठ, गाउँपालिका अध्यक्ष थापाका स्वकिय सचिव अमिर गुरुङ लगायत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र