बम्जनको आश्रममा सीआईबीको टोली अनुसन्धान गर्न जाने

शेयर गरौ

काठमाडौं, पुस २७-

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा जाने भएका छन् । बम्जन पक्राउ परेसँगै उनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् । हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।

प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतले बताए ।

मंगलबार साँझ पक्राउ परेका बम्जनलाई सीआईबीले बुधबार नै सर्लाही पठाएको थियो । उनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न