बम्जनको आश्रममा सीआईबीको टोली अनुसन्धान गर्न जाने

शेयर गरौ

काठमाडौं, पुस २७-

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा जाने भएका छन् । बम्जन पक्राउ परेसँगै उनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् । हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।

प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतले बताए ।

मंगलबार साँझ पक्राउ परेका बम्जनलाई सीआईबीले बुधबार नै सर्लाही पठाएको थियो । उनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय