देवघाटमा धुम्रपान तथा मांस मदिरा निषेध

Devghat Online

शेयर गरौ

देवघाट, पुस २८

माघे संक्रान्ति मेलाको क्रममा देवघाट क्षेत्रमा धुम्रपान, मद्यपान तथा मांस मदिरा निषेध गरिएको छ । देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलामा धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध गरिएको जनाएको छ ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम आध्यात्मिक तपोभूमि भएकोले यस स्थलमा सदैव धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध रहँदै आएकोमा माघे संक्रान्ति पर्वको अवसरमा गत विगत वर्षहरुमा छिटपुट रुपमा बिक्री वितरण र सेवन कार्य भएको पाइएकोले उक्त कार्यहरु निषेध गर्ने भन्ने माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिको बैठकबाट निर्णय भएकाले मांस मदिरा बिक्री वितरण ओसार पसार र सेवन कार्य पूर्ण रुपमा निषेध गरिएको देवघाट क्षेत्र विकास समितिका कर्मचारी किरणराज पौडेलले बताए ।

उक्त कार्यमा सहयोग पु¥याउन स्थानीय प्रशासन, समाजसेवी, स्वयंसेवक, व्यवसायी र समस्त तीर्थालु भक्तजनहरुमा माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक