बन्दीपुर केबलकारको साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने

शेयर गरौ

बन्दीपुर -२९ पुस,

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले पुस २८ गते हिजो शनिबार कम्पनीकै परियोजना प्राङ्गणस्थित बटम स्टेशन केबलकार चोकमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पारित गरिएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि प्राथमिक निष्कासन गर्न प्रक्रिया पनि अघि बढाउने भएको छ । कम्पनीको जारी पुँजीको १२% अर्थात् ३० करोड ६० लाख रुपैयाँ बरावरको ३० लाख ६० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्काशन गर्न लागिएको जनाइएको छ । सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक र प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडलाई कम्पनीले नियुक्त गरेको छ ।

मुख्य केबलकार प्रोजेक्टबाहेक कम्पनीले बुढीमाई छिम्केश्वरी दर्शन प्रालि, बन्दीपुर स्काई वाक एन्ड रिक्रियसन प्रालि, बन्दीपुर बैङ्क्वेट एन्ड इभेन्ट्स प्रालि र सिद्धगुफा रोपवे प्रालि नामको नयाँ सहायक कम्पनीमा लगानी गरेको छ । उक्त सहायक कम्पनीहरुमा यो आर्थिक वर्षसम्म रू २८ करोड ९० लाख १५ हजार रुपैयाँ लगानी लगानी गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को