व्यासले तत्काल नकुहिने फोहोर नउठाउने

Devghat Online

शेयर गरौ

दमौली, माघ २

व्यास नगरपालिकाले केही दिनको लागि बजार क्षेत्रबाट नकुहिने फोहोर नउठाउने भएको छ । व्यासले मंगलबार सुचना प्रकाशित गरि विगत ३०÷३२ वर्ष देखी फोहोर मैलाको स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहे पनि समाधान हुन नसकेको जनाएको छ ।

फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको भन्दै नगरपालिकाले कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था रहेको जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको जनाएको छ ।

नगरपालिकाले नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म मिति बुधबारदेखी नै विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन अनुरोध गरेको छ । कुहिने फोहोर संकलन गर्न भने एकदिन बिराई नियमित गाडि आउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल