एकदेव आलेको स्मृति दिवस मनाईने

Devghat Online

शेयर गरौ

दमौली, माघ ११

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयमिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको आयोजनामा क्रान्तिकारी किसान नेता एकदेव आलेको ५५ औं स्मृति दिवस तथा प्रतिष्ठानको ११ औं साधारण सभा कार्यक्रम शुक्रबार दमौलीमा हुने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलका अनुसार विहान ११ वजे एकदेवको स्मारक स्थलमा श्रद्धान्जली कार्यक्रम र विहान ११.३० मा प्रतिष्ठानको सभाकक्ष दमौलीमा साधारणसभा कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रममा उपस्थित हुन प्रतिष्ठानका संरक्षक, कार्यसमिति, सल्लाहकार, आजिवन सदस्य, तथा शुभचिन्तकहरुलाई हार्दिक निमन्त्रणा गरिएको अध्यक्ष सिग्देलले बताए ।

बि.स. १९८० मा हालको व्यास नपा–५ को मानहुँमा पिता पहलमान आले र आमा बोईमाया आलेको कोखबाट एकदेव आलेको जन्म भएको थियो । आलेको २०२५ साल माघ १२ गते भारतको दरभंगामा उपचारको क्रममा निधन भएको थियो । उनी किसान आन्दोलनका नेता थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको