बाँदरले सताएपछि रुख काट्दै गाउँले

शेयर गरौ

वालिङ, माघ १६

 पछिल्लो समय बाँदर वनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेका छन् । घरनजिकै रहेका ठुला रुख र बाँसघारीमा बस्ने र मौका पर्दा घरभित्रै छिरेर अन्नपात खाइदिने गरेको भन्दै गुनासो आउने गरेको छ । बाँदरले दैनिक करेसाबारीमा लगाएको तरकारी र फलफूल खाने तथा बिगार्ने गरेका छन् । घरनजिक ठुला र अनावश्यक रुख हुँदा बाँदर घरमा नै आएको र समस्या बनाएको भन्दै वालिङका विभिन्न ठाउँमा यस्ता रुख कटान गर्न थालिएको छ । वालिङ नगरपालिका–६, ८ र १४ का विभिन्न ठाउँमा रुख कटान गर्ने काम भइरहेको वडा कार्यालयले जनाएका छन् ।

वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले गाउँलेले स्वस्फूर्त रूपमा अनावश्यक रुख कटान गर्नु पर्‍यो भनेर आएपछि सहजीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “घर वरिपरि रहेका रुखका कारण बाँदरले सताइरहेको छ भने अनावश्यक झाडीका कारण चितुवाले त्रास बनाइरहेको छ ।”

दिउँसै मान्छेलाई चितुवाले आक्रमण गरेपछि घर वरिपरि रहेका झाडी पनि कटान गर्ने काम भइरहेको उहाँको भनाइ छ । बाँदरले खेतबारीमा लगाएको अनबाली नष्ट गरिदिने तथा घरमा नै पस्ने गरेपछि वालिङ–६, पाण्डे गाउँका स्थानीयले रुख कटान गरिरहेका छन् । नेपाली कांग्रेस वालिङका सभापति तथा स्थानीय नेत्रप्रसाद पाण्डेले सबै जनाले आफैँ पैसा जम्मा गरेर रुख कटान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नुपर्ने अवस्था आयो ।” जङ्गली जनावरका कारण उत्पादनसमेत घट्दै गएको पाण्डेको भनाइ छ ।

जङ्गली जनावरका कारण गाउँले बसाइँसराइ गर्ने अवस्थामा पुगेको भन्दै अनावश्यक रुख तथा झाडी सफा गर्न जुटेको उहाँको भनाइ छ । जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहनुपर्ने अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ । वालिङ नगर उपप्रमुख कविता तिवारीले भन्नुभयो, “प्रायः जुनसुकै कार्यक्रममा पनि कृषकको गुनासो बाँदर नियन्त्रण गरिदिनु पर्‍यो भन्ने हुन्छ ।”

गाउँलेलाई अनावश्यक रुख र झाडी सफा गर्न पालिकाले सहजीकरण गर्ने उहाँको भनाइ छ । बाँदर नियन्त्रण कसरी गर्ने भन्ने भरपर्दाे उपाय नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइका लागि रुख काट्ने अभियान थालिएको वडाध्यक्ष कुँवरले बताउनुभयो । बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा फलफूल, आलु, तरकारी, आदिलाई बिगारिदिने गरेको छ । घरभित्र राखेको अन्नसमेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक पेसाबाट नै पलायन हुने र बसाइँ सर्ने अवस्थामा पुगेका छन् । विगतमा बसाइँसराइ कम भएको र मानिस पनि धेरै हुँदा गाउँमा चहलपहल थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको