बन्दिपुरमा शहिद दिवस मनाईयो

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ १६

प्रजातन्त्र स्थापना÷पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहिदको सम्झनामा बन्दीपुरमा मंगलबार शहिद दिवस मनाईएको छ ।

बन्दीपुरको शहीद स्मारक बाटिकामा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण तथा स्मृति सभा शहीद दिवस मनाइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, गाउँपालिका वडाध्यक्ष सहित का जनप्रतिनिधि बिभिन्न राजनितिक दलका प्रतिनिधि स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

२००७ सालको राणा शासन विरुद्धको आन्दोलनको क्रममा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङ, तनहुँसुरका उत्तरकुमार श्रेष्ठ र सन्तकुमार राना, सिम्पानीका चन्द्रबहादुर सार्की, वसन्तपुरका खड्गबहादुर गोदार र धर्मराज बतासले शहादत प्राप्त गरेका थिए ।

बन्दिपुर कब्जाको नेतृत्व मानुङका एकदेव आलेले गरेका थिए । आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङलाई भीरबाट खसालिदिएको थियो । पछि सो ठाउँमा समाधी स्थल बनाइयो । समाधी स्थलसँगै शहीद स्मारक बाटिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको