बसले ठक्कर दिँदा चितवन कांग्रेसका नेता तथा पूर्वमन्त्री पौडेलको मृत्यु

शेयर गरौ

चितवन, माघ १७

नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले बुधबार दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको मृत्यु भएको हो ।

सख्त घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो ।

भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठका अनुसार स्वर्गीय पौडेल नेपाली कांग्रेसको संघर्षशील र निष्ठावान नेता हुन् । महासमिति सदस्यसमेत भएका उनी कांग्रेसको तल्लो तहबाट संघर्ष गर्दै मन्त्रीसमेत भएको व्यक्तित्व रहेको श्रेष्ठले बताए । स्वर्गीय पौडेलको दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को