परमानन्द सरस्वती महाराजको वार्षिक पुण्यतिथिमा विद्यापिठमा विविध कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, माघ १७

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २७ औँ वार्षिक पुण्यतिथिका अवसरमा देवघाट गाउँपालिका–५ स्थित परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । सो अवसरमा गुरुकुलले माघ २० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गुरुकुलद्वारा आयोजना गरिएका कार्यक्रमहरू मध्येको पहिलो कार्यक्रम बुधबारबाट सञ्चालन भएको छ । बुधबार पहिलो दिन गुरुकुलको सभाकक्षमा पौरत्स्य एवं पाश्चात्य दर्शनमा आधारित विचार गोष्ठी आयोजना गरिएको छ । हरिहर सन्यास आश्रमका पिठाधिश तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा आयोजित सो कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रा.डा. कृष्णचन्द्र शर्माले प्रमुख अतिथीको मन्तव्य राखेका छन् ।

त्यसैगरि दोश्रो दिन माघ १८ गते विहिबार काशि हिन्दु विश्वविद्यालय वाराणसी भारतका प्रा.डा. रमाकान्त पाण्डेयको प्रमुख आतिथ्यतामा गुरुकुलको सभाकक्षमा शास्त्रार्थ सभाको आयोजना गरिएको छ ।

त्यसैगरि माघ १९ गते शुक्रबार विहान पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा गुरुकुल तथा आश्रममा सेवा गर्नुभएका आचार्य एवं कर्मचारीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको गुरुकुलले जनाएको छ । सो कार्यक्रम श्री १००८ स्वामी बिबेकान्द सरस्वतीको प्रमुख आतिथ्यतामा सन्चालन हुनेछ ।

त्यसैगरि सोही दिन रात्रीकालिन समयमा परमानन्द काब्य सरिताको १५ औं सृङखला अन्तर्गत नाटककार गोविन्द नेपाल खतिवडाद्वारा लिखित जनावर सम्मेलन नाटक मन्चन हुनेछ । मानवीय अत्याचारका विरुद्धमा जनावरहरूको सङ्गठित आवाजको रुपमा उक्त नाटक मन्चन गर्न लागिएको जनाईएको छ ।

त्यसैगरि त्यसैगरि सोही अवसरमा गुरुकुलमा साधनारत कविहरुको कविता बाचन एवं आगन्तुकहरुको रचना वाचन कार्यक्रम हुनेभएको छ । सो कार्यक्रमको आयोजना परमानन्द संस्कृत छात्र कल्याण परिषदले गर्ने छ । सो कार्यक्रममा बरिष्ठ भाषाविद् प्रा.डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको संरक्षकत्व रहने जनाईएको छ ।

त्यसैगरि माघ २० गते शनिबार विहान गुरुपुजन, ब्रह्मलिन गुरुको समाधीमा रुद्राभिषेक तथा आरती, ख्यातीप्राप्त कलाकारहरुद्वारा भक्तिसंगित, दाताहरुको सम्मान तथा अपरान्ह ४ बजेपछि पुर्व विद्यार्थी सम्मेलन र साँझ समग्र कार्यक्रमको समिक्षा र समापन हुने गुरुकुलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू