काँग्रेसका वडा सदस्य सहित १७ जना विभिन्न पार्टीबाट राप्रपामा प्रवेश

Devghat Online

शेयर गरौ

दमौली, माघ १९ 
नेपाली काँग्रेस व्यास नपा–१३ का वडा कार्य समिति सदस्य ओजराज पन्थ सहित विभिन्न पार्टीबाट १७ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार व्यास १३ को छाब्दीमा आयोजित कार्यक्रममा पन्थको नेतृत्वमा उनीहरु राप्रपामा प्रवेश गरेको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।
नवप्रवेशीहरुलाई राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्ती, व्यास नगर समितिका अध्यक्ष आइतबहादुर घले, महिला नेतृ चन्द्रावती पन्थ लगायतले स्वागत गरेका थिए ।
सोही अवसरमा भएको भेलाले ओजराज पन्थको अध्यक्षतामा १५ जनाको वडा कार्यसमिति गठन गरिएको छ । सो कार्यक्रममा राप्रपा तनहुँका अध्यक्ष घर्ती तथा नवप्रवेशी पन्थले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को