घिरिङमा निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ २४

घिरिङ गाउँपालिकाको आयोजनामा यही माघ २७ गते शनिबार बृहत् निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।

कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा हुने उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग सम्बन्धिका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परिक्षण हुनेछ ।

स्वास्थ्य शिविर वडा नम्बर ५ स्थित सरस्वती माविको विहान १० देखी दिउँसो ४ बजेसम्म हुनेछ घिरिङ गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा उपस्थित भई लाभ लिनुहुन गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

उक्त शिविरमा रक्त परिक्षण (सुगर), पिसाव परिक्षण, मुटुको परिक्षण (इसिजी), भिडियो एक्सरे तथा निशुल्क ल्याव सम्बन्धि सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती