जेष्ठ नागरिक, गर्भवती तथा अशक्तको घरमै स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ २५

तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर २ स्थित ग्वास्लुङ गाउँमा रहेको ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरेका छन् ।

जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, अशक्त र गर्भवती महिलाहरुसँगै अन्य नागरिकको घर–घरमा गई स्वास्थ्य जाँच गरिएको ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तिलक रानाभाटले बताए ।

स्वास्थ्य इकाईमा आउन नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, अशक्त र गर्भवती महिलालाई उनीहरुको घर घरमै गएर स्वास्थ्य परिक्षण गरिएको रानाभाटले बताए । घर घरमै स्वास्थ्य परिक्षण गर्न पाउँदा जेष्ठ नागरिक र गर्भवतीहरु निकै खुसी भएको रानाभाटले बताए ।

स्वास्थ्य इकाईले यस अघि देखी नियमित रुपमा नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको उनले बताए । यो कार्यलाई भविष्यमा पनि निरन्तरता दिइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को