आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आदिकवि क्याम्पसलाई सहयोग

Devghat Online

शेयर गरौ

दमौली, माघ २५

आदिकवि भानुभक्त आचार्यको नाममा तनहुँमा स्थापना भएको सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस विज्ञानचौर, व्यास नपा–१ दमौलीको शैक्षिक एवं भौतिक विस्तार र विकासका लागि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आर्थिक सहयोग गरेको छ ।

विकास समितिले विहिबार क्याम्पसलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले विहिबार क्याम्पसमा आई उक्त रकमको चेक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरे ।

 

सो अवसरमा सहायक क्याम्पस प्रमुख द्वय डाक्टर रामकुमार अधिकारी, सागर पौडेल र विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको उपस्थिति रहेको थियो । २०७२ सालमा क्याम्पसले सञ्चालन गरेको तनहुँ आदिकवि आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवका अवसरमा उक्त समितिले प्रतिबद्धता जनाएको सो रकम समितिको हालै बसेको बैठकले क्याम्पसलाई भुक्तानी दिने निर्णय गरेको थियो ।

सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सो प्रतिवद्धताको रकम भुक्तानी गरेकोमा समिति प्रति क्याम्पस परिवारको तर्फबाट आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि