आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आदिकवि क्याम्पसलाई सहयोग

Devghat Online

शेयर गरौ

दमौली, माघ २५

आदिकवि भानुभक्त आचार्यको नाममा तनहुँमा स्थापना भएको सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस विज्ञानचौर, व्यास नपा–१ दमौलीको शैक्षिक एवं भौतिक विस्तार र विकासका लागि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आर्थिक सहयोग गरेको छ ।

विकास समितिले विहिबार क्याम्पसलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले विहिबार क्याम्पसमा आई उक्त रकमको चेक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरे ।

 

सो अवसरमा सहायक क्याम्पस प्रमुख द्वय डाक्टर रामकुमार अधिकारी, सागर पौडेल र विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको उपस्थिति रहेको थियो । २०७२ सालमा क्याम्पसले सञ्चालन गरेको तनहुँ आदिकवि आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवका अवसरमा उक्त समितिले प्रतिबद्धता जनाएको सो रकम समितिको हालै बसेको बैठकले क्याम्पसलाई भुक्तानी दिने निर्णय गरेको थियो ।

सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सो प्रतिवद्धताको रकम भुक्तानी गरेकोमा समिति प्रति क्याम्पस परिवारको तर्फबाट आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल