जेष्ठ नागरिक, गर्भवती तथा अशक्तको घरमै स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ २५

तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर २ स्थित ग्वास्लुङ गाउँमा रहेको ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरेका छन् ।

जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, अशक्त र गर्भवती महिलाहरुसँगै अन्य नागरिकको घर–घरमा गई स्वास्थ्य जाँच गरिएको ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तिलक रानाभाटले बताए ।

स्वास्थ्य इकाईमा आउन नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, अशक्त र गर्भवती महिलालाई उनीहरुको घर घरमै गएर स्वास्थ्य परिक्षण गरिएको रानाभाटले बताए । घर घरमै स्वास्थ्य परिक्षण गर्न पाउँदा जेष्ठ नागरिक र गर्भवतीहरु निकै खुसी भएको रानाभाटले बताए ।

स्वास्थ्य इकाईले यस अघि देखी नियमित रुपमा नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको उनले बताए । यो कार्यलाई भविष्यमा पनि निरन्तरता दिइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती