बलात्कारको आरोपितलाई १८ वर्ष कैदको फैसला

Devghat Online

शेयर गरौ

दमौली, माघ २८

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा म्याग्दे गाउँपालिका–७ का २१ वर्षीय विशाल विकलाई तनहुँ जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कमलराज विष्टको इजलासले आईतबार अभियोग दावी पुग्ने भन्दै कैदसँगै १ लाख रुपियाँ जरिबाना सजायको फैसला गरेको अदालतका श्रेष्तेदार केशव पौडेलले जानकारी दिए ।

आरोपितले पीडित बालिकालाई २०७८ भदौ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । प्रहरीले आरोपित थापालाई फागुन २५ गते पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत २०७८ असोज १३ गते जिल्ला अदालत तनहुँमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गराएको थियो ।

आरोपित २०७८ असोज १४ गतेदेखी पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू