व्यास १४ को वडा कार्यालयमा मगर लिपिको बोर्ड

Devghat Online

शेयर गरौ

दमौली, माघ २८

ब्यास नपा–१४ को नवनिर्मित भवनको बोर्डमा मगर लिपिले लेखिएको छ । हालै निर्माण सम्पन्न भएको उक्त वडाको भवन आगामी फागुन २ गते उद्घाटन हुने भएको छ ।

साविक केशवटार हाल व्यास नपा वडा नम्बर १४ मा बहुसंख्यक मगजातीका बासिन्दा बसोबास गर्छन् । वडा सदस्य दुर्गाबहादुर आलेका अनुसार उक्त वडाका नागरिक मध्ये करिब ९२ प्रतिशत मगरहरू रहेका छन् ।

मगरजाती र मगरभाषीको सम्मान र उनीहरुको पहिचानका लागि वडा कार्यालयको बोर्डमा मगर भाषाको लिपी सहितको भित्ते लेखन गरिएको वडा अध्यक्ष काजिमान श्रेष्ठले बताए । स्थानीय भाषाको लिपिमा बोर्ड लेखिएको व्यास नपा १४ तनहुँको पहिलो वडा हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल