काँग्रेस नेता गुरुङको सक्रियतामा बन्दिपुरको विकासकोलागि राष्ट्रपतिको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङको पहल र सक्रियतामा बन्दिपुरको भौतिक विकासको लागि राष्ट्रपती रामचन्द्र पौडेलको ध्यानाकर्षण गराईएको छ ।

तनहुँ जिल्लाको पुरानो सदरमुकाम रहेको तथा पछिल्लो समय चर्चामा रहेको पर्यटकिय केन्द्र बन्दिपुरको विकासमा आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने बिषयमा राष्ट्रपति पौडेलले चासो देखाएपछि नेपाली काङग्रेससका नेता रेशम गुरुङको नेतुत्वमा हालै बन्दिपुरका बुद्धिजिविहरुले राष्ट्रपति पौडेलसँग छलफल गरेका छन् ।

सो भेटमा बन्दिपुर सामाजिक बिकास समितिका अध्यक्ष भोला श्रेष्ठ, शिक्षाबिद् चिज कुमार अकेला तथा डा.मदन पियाले समग्र बन्दिपुरको बिकासको बारेमा राष्ट्रपतीलाई अबगत गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले बन्दिपुरको बिकासको लागि बन्दिपुर रिङरोड, बन्दिपुर–मुचुक–रामकोट हुदै छाब्दीबाराही मन्दिर जोड्ने सडकको स्तरोन्नती गर्न तथा बन्दिपुर नजिकै रहेको बाईसे र चौबिसे राजाको पालामा पाल्पाबाट आएर बसेका मणिमुकुन्द सेन राजाको पुरानो दरबार र मुकुन्देश्वरी मन्दिरको जिर्णाेद्वार तथा पुननिर्माणको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका थिए ।

यसैविच राष्ट्रपती पौडेलले मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण संरक्षणको लागि बजेट बिनियोजनको पहल गर्ने प्रतिबद्धता जनाएपछि मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण संरक्षण समिति गठन भएको छ । हालै भएको भेलाले सुकुमलाल गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को