सरुवा भएका एसपी विष्टको बिदाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएका प्रहरी उपरिक्षक (एसपी) अबदेश विष्ट क्षेत्रीको बिदाई गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहनबहादुर खाँढा सहित मातहतका प्रहरी अधिकृतहरुले एसपी विष्टलाई मायाको चिनो सहित बिदाई गरे ।

सो अवसरमा एसपी विष्टले करिब १३ महिनाको तनहुँको बसाईमा आफुले सबैबाट माया र सहयोग पाएको बताए । विष्टको उपत्यका प्रहरी कन्ट्रोल रानी पोखरीमा सरुवा भएको हो ।

विष्टको सरुवासँगै तनहुँको प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय नक्सालबाट मानवअधिकार उल्लंघन इकाईमा कार्यरत अपिलराज बोहोरा आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित