निर्मल मावि २०४५ एसएलसी ग्रुपद्वारा १ लाख ५ रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

दमौली, फागुन ७ गते

निर्मल मावि व्यास नपा १ को एसएलसी २०४५ ग्रुपले उक्त विद्यालयमा एक लाख पाँच रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

विद्यालयको सोमबार आयोजित ५५ अौं बार्षिकोत्सव समारोहमा पूर्व विद्यार्थी निर्मल मावि २०४५ एसएलसी समूहले छात्रवृत्ति अक्षय कोषको निम्ति सो रकम हस्तान्तरण गरेको हो ।

समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठ लगायत समुहका पदाधिकारी तथा सदस्यहरुले निर्मल माविका प्रअ गणेशचन्द्र बस्नेत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैलाई सो रकम तथा छात्रवृत्ति सन्चालन पुस्तिका हस्तान्तरण गरेका थिए ।

उक्त समुहले यसअघि व्यास १२ स्थित सिद्धेश्वरी मावि र मत्स्यकन्या आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गर्नुका साथै मृगौला पीडितलाई उपचार खर्च रकम सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित