स्व दीलिप राणा स्मृति चितवन भेट्रान कप एनआरटीलाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
फागुन १२, २०८०

भरतपुर । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि एनआरटी एफसी भेट्रानले जितेको छ । आज (शनिबार) सम्पन्न उपाधि भिडन्तमा चाबहिल भेट्रानलाई हराउँदै एनआरटी च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १-० ले विजयी भयो । एनआरटीको जितमा नरेश श्रेष्ठले निर्णायक गोल गरे ।उक्त गोल नै एनआरटीलाई च्याम्पियन बनाउन पर्याप्त भयो । खेलको अन्त्य तिर चाबहिल भेट्रानले बराबरी गर्ने सुन्दर अवसर पाए पनि बार बाधक भयो । एनआरटीका नरेश म्यान अफ दि म्याच भए । विजेता एनआरटीले ट्रफीसहित एक लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित चाहबिलले ट्रफीसहित ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

उपविजेता चाबहिलका पासाङ शेर्पा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । च्याम्पियन टोली एनआरटीका सुन्दर थापा प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए । एनआरटीकै राजनलाल नेपाली उत्कृष्ट डिफेन्डर भए । फाइनलमा गोल गर्दै एनआरटीलाई च्याम्पियन बनाएका एनआरटीका उत्कृष्ट मिडफिल्डर घोषित भए ।

चाबहिलका कप्तान पासाङ शेर्पा सर्वाधिक गोलकर्ता भए । यस्तै एनआरटीकै आशिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही पाँच-पाँच हजार रुपैयाँ प्राप्त गरे । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा देश्भरका १८ टोली सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता