मन्त्री जोशीद्वारा चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियानको शुभारम्भ

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन, फागुन १३ ।

चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत सर्वशान्ती मा.बि कुरिनटारबाट बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी जोशीले एक कार्यक्रमकाबीच खोप अभियान शुभारम्भ गर्नुभएको गर्नुभएको छ ।

खोप अभियानको शुभारम्भ गर्दै मन्त्री जोशीले सरकारले दादुरा–रुवेला संक्रमणको जोखिम न्युनीकरणका लागि खोप अभियान सञ्चालन गरेको बताउनु भएको हो । उहाँले सबै बालबालिकालाई तोकिएको स्थानमा लगेर खोप लगाउन आग्रह गर्नुभयो । दादुरा रुबेला खोप सबै बालबालिकाको पहुँचमा पु¥याउन आवश्यक प्रचारप्रसारका र जनचेतनाको लागि समेत उहाँले आग्रह गर्नुभयो ।

“दादुरा रुबेला खोपको सन्देश सबै ठाउँमा पुगोस , कोहि पनि बालबालिका यो खोपबाट नछुटुन्” उहाँले भन्नुभयो । जिल्ला खोप समन्वय समितीका संयोजक तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ्ग, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती लगायतले शुभकामना व्यक्त गर्नुृभयो । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ । आजदेखि सुरु भएको अभियान चैत १ गतेसम्म सञ्चालन हुने छ । उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको दुवाडीले बताउनुभया ।

उहाँका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गतेदेखि २२ गतेसम्म अभियान सञ्चालन हुने छ । राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ । गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन ।

दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता