नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २२

नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको छैन ।

नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो