घुम्ति शिविरमा १२५ पशु कृषक लाभान्वित

Devghat Online

शेयर गरौ

दमौली, फागुन २२

म्याग्दे गाँउपालिकाद्वारा सन्चालित एकिकृत घुम्ति शिविरमा १२५ जना पशु कृषकले सेवा लिएका छन् । स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधारः कृषि,पर्यटन र पुर्वाधारलाई मुल नारा सहित म्याग्दे गाँउपालिकाले सुरु गरेको एकिकृत घुम्ती शिविर अन्तर्गत मंगलबार पशु स्वास्थ्य शिविर आयोजना भएको थियो । उक्त शिविरमा १२५ जना कृषकका १ हजार ४ वटा पशु पन्छिलाई स्वास्थ्य सेवा दिईएको गाउँपालिकाले जनाएको छ ।

शिविर अन्तर्गत मंगलबार वडा नम्बर ३ को किल्चोकमा पशु स्वास्थ्य शिविर सन्चालन भएको थियो । जसमा १७ वटा वोका÷पाठाको वन्ध्याकरण गरिएको थियो भने खसी, वोका पाठा पाठी गरि ४४५ पशुको विभिन्न उपचार गरिएको थियो । यस्तै कुखुरा ४५६ वटा, गाई गोरु ४७ वटा, भैसी ३९ वटा, सुगुर बंगुर १० वटा र कुकुर ९ वटालाई पशु सेवा दिईएको पशु सेवाका प्रमुख डा. विनय शाहले बताए ।

वडाको टोल स्तरमा सन्चालन हुने सो एकिकृत घुम्ति शिविर फागुण २१ र २२ गते वडा नम्बर ३ मा, २३ र २४ गते वडा नम्बर ४ मा, २७ र २९ गते वडा नम्बर ५ मा, फागुण ३० र चैत्र १ गते वडा नम्बर ६ मा, चैत्र २ र ४ गते वडा नम्बर ७ मा, चैत्र ५ र ६ गते वडा नम्बर १ मा र चैत्र ७ र ८ गते वडा नम्बर २ मा सन्चालन हुनेछ ।

शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो