महेश संस्कृत गुरुकुल देवघाटका ९ जना विद्यार्थी उपप्राध्यापकमा सिफारिस

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २२

देवघाट स्थित महेश संस्कृत गुरुकुलका ९ जना विद्यार्थी उप–प्राध्यापकमा सिफारिश भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले गत फागुन २० गते उनीहरुलाई उपप्राध्यापकमा सिफारिस गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगबाट प्रकाशित विज्ञापनका आधारमा सम्पूर्ण लिखित तथा अन्तर्वार्ता उत्तीर्ण गरी महेश संकृत गुरुकुलका ९ जना विद्यासन्ततिहरू उप–प्राध्यापक नियुक्तिका निम्ति सिफारिस भएको गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नव्यव्याकरण विषयमा कुमार खतिवडा, टीकानाथ अधिकारी, नवराज घिमिरे र नारायण जोशी सिफारिस भएका छन् भने साहित्य विषयमा शिवराज लामिछाने र चिरञ्जीवी खतिवडा, इतिहास पुराण विषयमा नवराज लामिछाने, शुक्लयजुर्वेद विषयमा मनोज घिमिरे र नेपाली विषयमा नारायण (सुदेश) सत्याल सिफारिस भएका छन् ।

एउटै विद्यापीठबाट ९ जना एकैसाथ उप–प्राध्यापक हुन सफल भएको पनि पहिलो भएको गुरुकुलले जनाएको छ । त्यसैगरी सबैभन्दा कम उमेरमा उप–प्राध्यापक बन्न टीकानाथ अधिकारी सफल भएका छन् । महेश गुरुकुलका प्रचार्य पौडेलले नव उपप्रध्यापकहरुलाई प्राज्ञिक सेवा र समुन्नतिका निम्ति हार्दिक बधाइ एवं शुभकामना व्यक्त गरेको बताए ।

यसैगरि नेपाली सेनाले हालै लिएको पण्डितको परिक्षामा उत्तिर्ण भएका ११ जना मध्ये ५ जना महेश संस्कृत गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु रहेका छन् ।

यस्तै श्रीकान्तिभैरव गुरुकुल, गोकर्णेश्वर–४ काठमाडौंको १५ औँ वार्षिकोत्सव तथा नेपालका प्रथम वेदाचार्य पण्डित सोमनाथ पौडेलको स्मृति दिवसमा आयोजित अधिराज्यव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता महेश संस्कृत गुरुकुलका छात्रहरु प्रथम हुन सफल भएको प्राचार्य पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले