देवघाटमा नेपाली काँग्रेसको बृहद भेला तथा अन्तरक्रिया सम्पन्न (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

काँग्रेस नेताहरुले भने–सत्तागठबन्धन परिवर्तन हुनु राजनीतिक बेइमानी

देवघाट, फागुन २६

देवघाट गाउँपालिकामा शनिबार नेपाली काँग्रेसको बृहद कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिको आयोजनामा देवघाट–५ स्थित सिता सामुदायीक वन उपभोक्ता समुहको बनभोज स्थलमा आयोजित सो भेलामा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसको संगठनलाई गाउँ गाउँसम्म अझ मजबुद बनाउनु पर्ने बताए ।

भेलामा बोल्ने नेपाली काँग्रेसका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धन परिवर्तन गर्नु राजनीतिक बेइमानी भएको बताए । यसलाई काँग्रेसले शिक्षाको रुपमा लिँदै काँग्रेसको संगठनलाई अझ मजबुद बनाएर लगि आगामी निर्वाचनमा काँग्रेस एक्लैको बहुमत ल्याउने गरि काम गर्नु पर्ने बताए । आगामी निर्वाचनमा नेपाली काँग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने हुँदा काँँग्रेसका कार्यकर्ताहरुले अझ उत्साहित भएर संगठन निर्माणमा लाग्नु पर्ने नेताहरुले बताएका थिए ।

नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिका सभापती तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न बनभोज सहितको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, केन्द्रीय सदस्य ध्रुव वाग्ले, जिल्ला सभापती एवं गन्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले, निवर्तमान जिल्ला सभापती एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ, गन्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे विक लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती श्याम मौराती, क्षेत्र नम्बर २ का सभापती राजेन्द्रकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, शुरेश भट्टराई, पुर्व प्रदेश सभाकी सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिकी पुर्व उपप्रमुख पवित्रा पौडेल लगायत जिल्ला कार्य समितिका नेताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा देवघाट गाउँ कार्य समितिका उपसभापती पुरुषोत्तम शर्मा पण्डितले स्वागत र सन्चालन सचिव भरत आचार्य र उत्तम लामाले गरेका थिए । कार्यक्रममा देवघाट गाउँपालिकाका काँग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध