म्याग्दे गाउँपालिकाले युवा सम्मेलन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २७

म्याग्दे गाउँपालिकाले युवा सम्मेलन गर्ने भएको छ ।

स्थानीय स्तरमा नयाँ व्यवसाय गर्न चाहने युवाहरुका लागि नवप्रवर्द्धनमा आधारित व्यवसाय गर्न प्रोत्साहन गर्ने उद्देश्यले युवा सम्मेलन आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत नवप्रबर्तनमा आधारित आर्थिक विकास अन्तर्गत उक्त युवा सम्मेलन आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

नयाँ व्यवसाय गर्न इच्छुक युवाहरुलाई फागुन २९ गते मंगलबार वडा नम्बर ३ स्थित बेल्टार आमा समुहको भवनमा हुने उक्त युवा सम्मेलनमा सहभागी हुनुहुन गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध