राप्रपा नेपालमा प्रवेश गरिन् पुर्वमन्त्री श्रेष्ठ

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २८

पूर्वमन्त्री दुर्गा श्रेष्ठ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन्।

श्रेष्ठ राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते शासन हातमा लिएपछि मन्त्री भएकी थिइन्। उनी २०६१ माघ २० गतेदेखि २०६२ मंसिर २२ गतेसम्म मन्त्रीका रुपमा थिइन् । त्यसअघि राजाको सक्रिय शासनको समयमा जिल्ला विकास समिति तनहुँको सभापति मनोनित भएकी थिईन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौं महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, अवकास प्राप्त प्रहरी अधिकारी विजयप्रताप शाह, नेपाली सेनाका अवकाश प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यवसायी तथा समाजसेवी शुभाष विष्ट लगायत दर्जनौ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई सदस्यता दिएर स्वागत गरे।
नवप्रवेशी श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने बताइन्।

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू आवद्ध भएको उनले बताइन्।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भूमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

राप्रपा नेपालमा प्रवेश गरेकी श्रेष्ठ २०७८ मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएकी थिइन्। त्यसबेला उनी कमल थापा नेतृत्वको प्यानलबाट चुनावी मैदानमा थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको