एसइइ परिक्षाः देवघाटका सबै विद्यालयको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा

Devghat Online

शेयर गरौ

देवघाट, चैत २

एसइई परिक्षामा देवघाट गाउँपालिका अन्तर्गतका सबै विद्यालयको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा रहने भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई तनहुँले शुक्रबार एसइइ परिक्षा केन्द्र निर्धारण गरेको छ । जसअनुसार देवघाट गाउँपालिकाका सबै सामुदायिक, संस्थागत विद्यालय एवं गुरुकुल विद्यापिठको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा तोकिएको छ ।

देवघाटको भृकुटी मावि सराङघाट, आर्दश शिक्षा मावि बैदी खाल्टे, पार्वती मावि कोटा, बालकेश मावि छिपछिपे, लक्ष्मी मावि प्युघर देउराली, कालिका मावि देवघाट, सिद्ध माहाकाली मावि देवघाट, बज्रयोगिनी मावि देवघाट, महेश संस्कृत गुरुकुल गुरुकुल विद्यापिठ देवघाट, बेद बेदाङ्ग मावि देवघाट र परमानन्द सस्कृत गुरुकुलम देवघाटको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा तोकिएको हो ।

देवघाटमा यस वर्ष २६० जना परिक्षार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय