काठमाडौं, चैत ३
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले काम सुरु भएको भन्दै काम गर्न नसकेको दिन सरकार छोड्ने बताएका छन् ।



शनिबार सामाजिक सन्जालमा डा.वाग्लेले लेखेका छन्- ‘तस्कर र भ्रष्टहरु भागाभाग हुन थालेको छ। काम गर्न आएका हौँ -बिगार्न, तोड्न, भत्काउन, उखेल्न आएका होइनौं -काम गर्न नसकेको दिन हामी सरकार छोड्छौं। सुन तस्करी सम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिनेछ।’
प्रतिनिधि सभाका सांसद समेत रहेका वाग्लेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगको फोटो राख्दै सामाजिक सन्जालमा लेखेका छन् ‘अघिल्लो सरकारले पन्छाएको CIB को प्रमुखमा श्याम ज्ञवाली फिर्ता भएका छन्, दिपेश पुन पक्राउ परिसके, अन्य धेरै ‘ठुलाबडा’ अब कानूनी फन्दामा पर्नेछन्। मिटर ब्याज, लघुवित्त, आरती साहसँग सम्बन्धित आन्दोलनहरु स्थगित भएका छन्। सोमबार सरकारको ‘न्यूनतम साझा संकल्प” सार्वजनिक हुनेछ।’












