पृथ्वीरामार्ज सडक विस्तारः दमौली बजारमा सडक अधिकार क्षेत्र भित्र रहेका घर यथाशिघ्र भत्काईने

Devghat Online

शेयर गरौ

दमौली, चैत ८

मुग्लिङ्ग–पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजार खण्डमासडक अधिकार क्षेत्र भित्र रहेका घर यथाशिघ्र भत्काइने भएको छ । व्यास नगरपालिकाको समन्वयमा विहिबार भएको सर्वपक्षिय बैठकले सडक क्षेत्रमा पर्ने घरहरु यथाशिघ्र भत्काई सडक निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।

बैठकले राजमार्गको स्तरोन्नतीको क्रममा देखा परेका अप्ठ्याराहरुलाई समाधान गर्दै सडक निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको थियो । बैठकले दमौली बजार खण्डमा सडक अधिकार क्षेत्र भित्र रहेका घर भत्काउने, बिजूलीका पोल, खानेपानीका पाइप समेत स्थानान्तरण गरी बर्षात भन्दा अगाडी कालोपत्रे समेत सम्पन्न गर्नुपर्ने हुँदा सम्बन्धित घरधनीलाई सहयोग पु¥याउनुहुन अनुरोध गर्दै सरोकारवाला सबैको अपसी समन्वयमा पहल गर्ने निर्णय समेत गरेको छ ।

पृथ्वीराजमार्ग विस्तार गर्न निर्माण कार्य भईरहेकोमा कतिपय स्थानमा नालाको निकास, स्थानीय घरधनीहरुलाई आवत–जावतमा हुने कठिनाई, चालु खानेपानी लाइनको पुर्नस्थापना लगायतका विषयमा आयोजनाबाट व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको सो बैठकमा गन्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अपिलराज बोहोरा, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठ लगायत, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सडक आयोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय