सिंचाईको अभावमा देवघाट–१ को कोटाका ठुला टारहरु बाँझों

Devghat Online

शेयर गरौ

देवघाट, चैत २१

कालिगन्डकी नदीको किनारमा रहेका देवघाट गाउँपालिका–१ कोटाका ठुला टारहरु सिंचाईको अभावमा त्यसै बाँझो अवस्थामा रहेका छन् । ति टारहरुमा सिंचाई सुविधा पु¥याउन सके बाह्रै महिना उब्जनी गराउन सकिने स्थानीयको भनाई छ ।

कोटाका कालिकाटार, आँपटार, गोपीटार, बसेनीटार र कोटाटारमा रहेका सयौं हेक्टर खेतीयोग्य जमिनहरुमा सिंचाईको अभावमा मकै र कोदो लगाउनुको विकल्प नभएको देवघाट गाउँपालिका १ का वडा अध्यक्ष मणिराज गुरुङले बताए । ति टारहरुमा सिंचाई सुविधा पु¥याउन सकेमा मकै र कोदोको विकल्पमा धान, गहुँ, जौं र मसुर, राजमा जस्ता अन्नबाली लगाउन सकिने अध्यक्ष गुरुङले बताए ।

खेतीयोग्य जमिनहरुमा मकै र कोदो लगाई चितवनको भरतपुर र नवलपरासीको गैंडाकोटबाट चामल अन्य तरकारी खरिद गरेर ल्याई खानु पर्ने बाध्यता रहेको उनले बताए । ति सुख्खाटारहरुबाट उत्पादित मकै र कोदो भने रक्सी पार्ने र बाढि भएको गाई बस्तुलाई दिने गरेको पुर्व वडा अध्यक्ष भिम गुरुङले बताए ।

कालिगन्डकी नदिको पानीले उक्त टारमा सिंचाई गर्न सकेमा उक्त टारबाट उत्पादित अन्नबालीले सिङ्गो देवघाट गाउँपालिकालाई नै आत्मनिर्भर गराउन सकिने वडा अध्यक्ष गुरुङले बताए । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कोटाका ठुला टारहरुमा सिंचाई सुविधा पु¥याउनको लागि गाउँपालिकाको बजेटले मात्र नधान्ने हुँदा त्यसको लागि प्रदेश र संघिय सरकारलाई पनि अनुरोध गरिएको बताए ।

उक्त टारमा सिंचाईको लागि करोडौं रुपैयाँ आवश्यक पर्ने हुँदा प्रदेश सरकारले मात्र रकम उपलब्ध गराउन नसक्ने हुदा संघीय सरकारलाई पनि अनुरोध गरिने अध्यक्ष थापाले बताए । वडा नम्बर १ को ठुला टारमा सिंचाई सुविधा पु¥याई कृषिको माध्यमबाट वडा र गाउँपालिकालाई नै समृद्ध बनाउने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य