देवघाट वडा नम्बर ५ को कार्यालय बुधबार उद्घाटन हुने

Devghat Online

शेयर गरौ

देवघाट, चैत २०

देवघाट गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरिने भएको छ ।

उक्त भवनको बुभबार दिउँसो ११ बजे जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्ने देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले जानकारी दिए ।

उक्त नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भई गत माघ २८ गतेबाट सेवा उपलब्ध गराईएको थियो ।

वडा कार्यालय भवन उदघाटन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण राजनीतिक दल, टोल विकास संस्था, आमा समुह, विभिन्न संघ संस्था, सहकारी, सामुदायिक वन, युवा क्लव लगायत सम्पुर्ण वडाबासीहरुलाई निमन्त्रणा गरिएको वडा अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी