महिलालाई बलात्कार गरेको अभियोगमा ७ बर्ष ६ महिना कैद

Devghat Online

शेयर गरौ

दमौली, चैत २२

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आवुँखैरेनी गापा–५ भोटेस्वाराका ३५ वर्षीय रोशन भन्ने मेष बहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले ७ बर्ष ३ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधिश कमलराज विष्टको इजलासले विहिबार उक्त मुद्धामा अन्तिम फैसला गर्दै दोषीलाई उक्त कैद सजाय र २ लाख रुपैयाँ जरिवाना तथा पटके मुद्धामा थप ३ महिना कैद र ५० हजार क्षतीपुर्ती तथा ११ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको छ । गुरुङ यस अघि २०७७ सालमा अभद्र व्यवहार सम्बन्धि मुद्धामा जिल्ला अदालतबाट दोषी ठहर भई ४ हजार रुपैयाँ जरिवाना समेत तिरेका थिए ।

गुरुङले पीडित महिलालाई २०७८ माघ २४ गते धारिलो हतियार देखाएर सोही वडाको लाब्दीखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडितले माघ २५ गते इप्रका आवुँखैरेनीमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित गुरुङलाई माघ २६ गते पक्राउ गरेको थियो ।

माघ २४ गते सोही वडाको भोटेस्वारा गाउँतिर पाँच वटा खुर्पा लिएर बेच्न गएकोमा ४ वटा खुर्पा विक्री भएको र एउटा खुर्पा बाँकी रहेपछि घर जान भनि आउँदा लाब्दीपाखा स्थित एकान्त जंगलमा निज रोशन गुरुङले बाटो छेकेर पीडित महिलाले ल्याएको खुर्पा खोसेर त्यही खुर्पा देखाएर बलात्कार गरेको पीडितले उजुरीमा उल्लेख गरेकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यायलले आरोपितविरुद्ध २०७८ फागुन २२ गते बलात्कार सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेको जिल्ला अदालतको आदेशमा गुरुङ फागुन २३ गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य