नयाँ बर्षको अवसरमा गौ सेवामा रमाउँदै 

Devghat Online

शेयर गरौ

देवघाट, बैखाख ३

नयाँ वर्ष २०८१ को सुरुवात सँगै योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा गौ भक्तजनबाट अक्षयकोषमा रकम जम्मा गर्ने कार्यमा वृद्धि भएको छ।

‘गाईका शरीरमा सम्पूर्ण देवताहरू निवास गर्दछन्, गाई आमासमान पूज्य छन्, हरेक धार्मिक कार्यमा गब्य अनिवार्य छ ।’ गाईको यो महत्त्वलाई हृदयङ्गम गरी यस क्षेत्रमा २०४३ सालबाट राष्ट्रगुरु योगी नरहरिनाथले स्थानिय जातका गाईको संरक्षण गर्न शुरू गर्नु भएको थियो ।

यसै क्रममा उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ भन्दा बढी गोबंश संरक्षित छन्। धर्म, संस्कार र संस्कृतिको रक्षार्थ गौ संरक्षण भन्ने मूल मर्मका साथ गाईलाई संरक्षण गरिएको छ । स्थानिय जातका गाईलाई संरक्षण गरिएको वागीश्वरी क्षेत्रमा प्रतिदिन गौ भक्तजनको आउने क्रम बढ्दो रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकाल बताउनु हुन्छ ।

गौ संरक्षण केन्द्रमा हाल संरक्षक सदस्य २८ जना र आजीवन सदस्य २६० जना हुनुहुन्छ । अक्षय कोष खातामा रु १ लाख भन्दा बढी रकम सहयोग गर्ने दातालाई यस केन्द्रको संरक्षक सदस्य र रु ११ हजार भन्दा बढी सहयोग गर्ने दातालाई आजीवन सदस्यले सम्मानित गरिन्छ।

यसै क्रममा गौ संरक्षणका लागि नयाँ बर्ष २०८१ को अवसर पारी भरतपुर १० ओम शान्ति चोक निवासी रोमनाथ शर्माले ५० हजार ५ सय ५ , हेटौडा ४  थाहा चोक निवासी रबिन थापाले रु ११ हजार १०, भरतपुर ३ लायन्सचोक निवासी ईम प्रसाद न्यौपाने बाट रु ११ हजार १ सय ५५ र रुपन्देही ओम सातिया २ निवासी गंगा प्रसाद पोखरलले रु ११ हजार ५ प्रदान गर्नु भएको संयोजक ढकालले जानकारी दिनु भयो।

स्थानिय जातका गाईलाई संरक्षण गर्न नेपाल भरीबाट सहयोग जुट्ने गरेको छ । यहां दैनीक रुपमा गौ सेवा गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको संयोजक ढकाल बताउनु हुन्छ ।

नेपालको मध्य भागमा पर्ने धार्मिक तथा पर्यटकीय स्थल देवघाटधामको भौगोलिक क्षेत्रभित्र वागीश्वरी पर्दछ । यस क्षेत्रलाई गोसेवा तिर्थको रुपमा विकास गर्नु पर्ने कुरामा योगी नरहरिनाथ गौ संरक्षण केन्द्र लागी परेको बताउनु हुन्छ ।

गौ संरक्षण केन्द्रका संयोजक ढकालले पूर्वीय दर्शनमा गौ सेवाको ठूलो महत्व हुने हुँदा त्यस क्षेत्रमा रहेका गाईलाई सेवा गर्न र गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देश्यले स्थापित अक्षयकोष रकमलाई बढाउन अनुरोध गर्दै स्थानीय जातका गाई संरक्षणमा  जुट्नकालागी सबैलाई अनुरोध गर्नु भएको छ ।

हाल यस केन्द्रको अक्षकोषमा रु ७८ लाख रहेको छ । यहाँबाट गौ अर्क र भर्मि कम्पोष्ट (गँड्यौला) मल  उत्पादन गरी गाईलाई मानव स्वास्थ्य र कृषि संग जोडने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको